काठमाडौं/आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा क्यानडाले ओमानलाई ५८ रनले पराजित गरेपछि नेपाल दबाबमा आएको छ । ओमानको अल अमेरातमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा १९८ रन बनाउँदा अलआउट भयो ।
हारपछि पनि ओमान शीर्ष चारमै रहेको छ । क्यानडा भने शीर्ष ६ मा उक्लने दाउमै छ । नेपाल ३४ खेलमा २८ अंकसहित छैटौँ स्थानमा छ ।
१ अंक कम रहेको क्यानडा सातौँ स्थानमा रह्यो । यसअघि नै शीर्ष चारमा नरहेपछि नामिबिया, नेपाल, क्यानडा र युएईले ग्लोबल छनोटको अवसर चुकाएका छन् ।