काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले औपचारिक मान्यता प्रदान गरेको छ। एनपिएलको तेस्रो संस्करणलाई आइसिसीले मान्यता प्रदान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने क्यानको विश्वास छ।
