आइसिसीको एसिया सम्मेलन नेपालमा हुने

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । ‘आइसिसी एसिया कन्फ्रेन्स’ नेपालमा हुने भएको छ। आइसिसीको एसिया सम्मेलन १९ देखि २१ नोभेम्बरसम्म हुने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानको व्यवस्थापन तथा आइसिसीको आयोजनामा हुन लागेको सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरूका साथै एसोसिएट सदस्य राष्ट्रहरूका आधिकारिक प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय क्रिकेटका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी हुने छन्।

सम्मेलनमा सहभागी हुन नेपाल आउने विदेशी प्रतिनिधिहरूले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतका इलिमिनेटर र फाइनल खेलहरूको समेत प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ।

सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप सुदृढ रूपमा स्थापित गराउनुका साथै देशको पर्यटन क्षेत्रको विकासमा समेत उल्लेख्य योगदान पुर्याउने क्यानको विश्वास छ।

सुझावित समाचार