इतिहासमा आज

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

सन् १९५८ : राष्ट्रपति ड्विच आइजनहावरले ‘नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) एक्ट’मा हस्ताक्षर गरेर अमेरिकाको अन्तरिक्षसम्बन्धी सबै काम हेर्ने एजेन्सी नासाको गठन गरे । ११ वर्षपछि उक्त एजेन्सी पहिलोपटक मानवलाई चन्द्रमामा उतार्न सफल भयो ।

सन् १८८३ : फासीवादका प्रवर्तक मानिने इटलीका तानासाह बेनितो मुसोलिनी यसै दिन जन्मिएका थिए ।

सन् १९२१ : एडोल्ड हिटलरले जर्मनीको ‘नेसनालिस्ट सोसलिस्ट जर्मन वकर्स (नाजी)’ पार्टीको सबै निर्णय गर्न पाउने अधिकारसहित नेतृत्व सम्हाले ।

१९४८ :  दोस्रो विश्वयुद्धका कारण अवरुद्ध ओलम्पिक खेल १२ वर्षको अन्तरालपछि बेलायतमा सुरु भयो ।

सन् १९५७ : परमाणु ऊर्जाको सैन्य प्रयोग रोक्ने र शान्तिपूर्ण प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)’ को स्थापना भयो ।

सन् १९७३ : ग्रिसमा राजतन्त्र राख्ने–नराख्ने विषयमा भएको जनमत संग्रहमा बहुमतले गणतन्त्रको पक्षमा मत दिए । योसँगै देशको राजतन्त्र उन्मूलन भयो ।

सन् १९८१ :  अहिलेका बेलायतका राजा चार्ल्सको लेडी डायना स्पेन्सरसँग विवाह सम्पन्न भयो । तथापि, यो जोडीले १५ वर्षपछि सम्बन्धविच्छेद गरे ।

सन् २००५ : खगोलविद् माइक ब्रोन, चाड ट्रुजिलो र डेभिड रबिनविजले पुड्को ग्रह ‘एरिस’ पत्ता लागेको घोषणा गरे । सुरुमा यमभन्दा ठुलो ठानिएको त्यस आकाशीय पिण्ड पत्ता लागेपछि ‘इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (आइएयू)’ ग्रहको नयाँ परिभाषा जारी गर्न बाध्य भयो ।

२००८ : संयुक्त राज्य अमेरिकाको संसद् कंग्रेसले देशमा दासत्वका लागि माफी माग्यो ।

सुझावित समाचार