इतिहासमा आज

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

सन् १९८५ : भारतीय प्रधानमन्त्री राजीव गान्धीले अकाली दलका सिख नेता हरचन्द सिंह लोंगोवालसँग पन्जाबमा चलेको हिंसा कम गर्न राजनीतिक विषयमा सम्झौता गरे । सम्झौतामा हस्ताक्षर गरेकै कारण लोंगोवाल महिना दिनभित्रै अतिवादी सिख समूहबाट मारिए ।

सन् १८६६ : अमेरिकी गृहयुद्धमा ‘कन्फडेरेट स्टेट अफ अमेरिका’को हारपछि त्यसको एकाइमध्ये पुनः संयुक्त राज्य अमेरिकामा फर्किने पहिलो राज्य बन्यो टेनिसी ।

सन् १८८० : अमेरिकाको मिचिगन राज्यमा बनेको विश्वको पहिलो व्यावसायिक जलविद्युत् आयोजना ‘ग्य्रान्ड र्यापिड्स’ले आजैबाट बिजुली उत्पादन गर्न सुरु गर्यो ।

सन् १९०८ : ‘योङ टर्क’को विद्रोहको प्रतिफलस्वरूप अटोमन साम्राज्यकासुल्तान अब्दुल हमिद द्वितीयले उदारवादी संविधान पुनर्स्थापित गरे । योसँगै देशमा बहुदलीय व्यवस्था सिर्जना भयो ।

सन् १९११ : अमेरिकी अन्वेषक हिरम बिंघमले ‘इन्का सभ्यता’को हराएको सहर माचु पिच्चु पत्ता लगाए ।

सन् १९६७ : डा. सिसेली स्यान्डर्सले लन्डनमा पहिलो आधुनिक ‘प्यालियटिम केयर’ सेवा सुरु गरे । यसले मृत्यु निश्चित भएका बिरामीलाई अन्तिम समय सहज रूपमा बिताउन सघाउने अभियान सुरु गर्यो ।

सन् १९६९ : पहिलो मानवलाई चन्द्र धरालतमा पुर्याएर एपोलो–११ आज सकुशल पृथ्वीमा अवतरण गर्यो । 

सुझावित समाचार