इतिहासमा आज

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

सन् १९६९ : निल आर्मस्ट्रङ चन्द्रमामा पहिलोपटक हिँडेका थिए । अन्तरिक्षयान एपोलो ११ अवतरण गरेको करिब सात घण्टापछि उनले चन्द्रमाको सतहमा पाइला टेकेका थिए ।

सन् १८९९ : प्रसिद्ध अमेरिकी उपन्यासकार, कथाकार र पत्रकार अर्नेस्ट हेमिङ्वेको जन्म । ‘द वर्ल्ड मेन एन्ड द सी’ उनको प्रख्यात कृतिमध्ये एक हो । उनको मृत्यु सन् १९६१ जुलाईमा भएको थियो ।

सन् १९१९ : ब्रिटिसको हाउस अफ लर्डद्वारा भर्सेलिज सन्धि अनुमोदन । पहिलो विश्वयुद्ध अन्त्य गर्ने यस सन्धिको मस्यौदा पेरिस शान्ति सम्मेलनमा तय गरिएको थियो । ठुला चार शक्तिराष्ट्र बेलायत, फ्रान्स, इटली र अमेरिकाले सन्धिको खाका तयार गरेका थिए ।

सन् १९७७ : लिबिया र इजिप्टबिचको युद्ध सुरु । लिबियाले इजिप्टका सहरमा हमला गरेसँगै दुई देशबिच छोटो युद्ध भएको थियो । युद्ध दुई दिनसम्म चलेको थियो ।

सुझावित समाचार