सन् १९९८ : फिफा विश्वकपको फाइनलमा आयोजक राष्ट्र फ्रान्सले ब्राजिललाई हराउँदै पहिलोपटक उपाधि जित्यो ।
सन् १७९० ः फ्रान्सेली क्रान्तिका क्रममा देशका शक्तिशाली क्याथोलिक चर्चलाई राज्यको नियन्त्रणमा राख्ने कानुन पारित गरियो ।
सन् १८०४ : पूर्वअमेरिकी विदेशमन्त्री एलेक्ज्यान्डर ह्यामिल्टन अघिल्लो दिन देशका उपराष्ट्रपति आरोन बरसँग भएको बन्दुक ‘ड्युल’का क्रममा लागेको चोटका कारण बिते ।
सन् १८६३ : ब्रिटिस फौजले न्युजिल्यान्डको आदिवासी ‘माओरी किङ मुभमेन्ट’को गृह वाइकातो कब्जा गरेपछि औपनिवेशिक बेलायत र माओरी जातिबिच चलिरहेको ‘न्युजिल्यान्ड युद्ध’को नयाँ चरण सुरु भयो ।
सन् १९०९ : अमेरिकाको संविधानको १६औँ संशोधन पारित भएसँगै संघलाई आयकर लागू गर्ने अधिकारप्राप्त भयो ।
सन् १९२० : लिथुआनिया र सोभियत संघले शान्ति सम्झौतामा हस्ताक्षर गरसँगै लिथुआनिया स्वतन्त्र भयो । तथापि, दोस्रो विश्वयुद्धको क्रममा सोभियत संघले सो भागलाई पुनः नियन्त्रणमा लियो ।
सन् १९५४ : अमेरिकी राष्ट्रपति ड्विट आइजनहावरले देशका सबै राज्यलाई जोड्ने राजमार्ग प्रणालीको योजना अघि सारे ।
सन् १९९० : रुसी नेता बोरिस यल्तसिनले सोभियत कम्युनिस्ट पार्टी परित्याग गरे ।
सन् २०१८ : विश्वको सबैभन्दा लामो नङको रेकर्ड राखेका भारतीय नागरिक श्रीधर चिल्लालले ६६ वर्षपछि आजकै दिन उनको ९०९.६ सेन्टिमिटर लामो नङ काटे ।
सन् २०२३ : लिथुआनियामा आयोजना भएको नेटो सम्मेलनमा स्विडेनलाई सदस्य दिने विषयमा सहमति बन्यो । साथै ‘सर्त पूरा भएपछि र मित्रहरूको सहमत भएपछि’ युक्रेनलाई पनि संगठनको सदस्य बनाउने योजना पारित भयो ।