अमेरिकाका दुई अर्थशास्त्रीलाईयस वर्षको नोबेल पुरस्कार

मंगलबार, २७ असोज, २०८३
प्रिन्ट संस्करण

ओस्लो/ यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफर्डलाई प्रदान गरिने भएको छ ।

उनीहरूले गरेको ‘समष्टिगत आर्थिक स्थायित्वका लागि सूक्ष्म आर्थिक धरातल’सम्बन्धी अर्थशास्त्रीय अनुसन्धान र समष्टिगत अर्थतन्त्रका मोडेल निर्माण गरेकाले नोबेल समितिले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यो वर्ष घोषणा भएका नोबेल पुरस्कारमध्ये अर्थशास्त्र अन्तिम विधा हो । विजेताले पुरस्कारस्वरूप एक करोड २० लाख स्विडिस क्रोनर (लगभग १२ लाख अमेरिकी डलर) प्राप्त गर्नेछन् ।

गत सोमबारदेखि विभिन्न विधाका विजेताको नाम घोषणा गर्दै नोबेल सप्ताह सुरु भएको थियो । सर्वप्रथम सन् १९६९ देखि अर्थशास्त्रतर्फ नोबेल पुरस्कार प्रदान गरिएको थियो । अहिलेसम्म नोबेल समितिले ५८ पटक अर्थशास्त्रतर्फ विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गरेको छ ।

सुझावित समाचार