साउदीको विमानस्थलमाफेरि आक्रमण

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

रियाद/ साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको नयाँ आक्रमणमा परी एकजनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । आक्रमण हुथी विद्रोहीले गरेको अनुमान गरिएको छ ।

आइतबार मात्र हुथीले गरेको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै ३०९ जना घाइते भएका थिए । आक्रमणपछि साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले हुथीविरुद्ध जवाफी कारबाही गर्ने चेतवनी दिएको थियो । प्राधिकरणका अनुसार हमलामा मारिनेमा साउदी नागरिक चारजना, बंगलादेशका दुईजना र अमेरिका, जोर्डन, प्यालेस्टिन, सिरिया, सुडान एवं इजिप्टका एक–एकजना थिए । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरान ‘अरबी प्रायद्वीपमा भइरहेका घटनाक्रमलाई लिएर गम्भीर रूपमा चिन्तित’ रहेको बताएका छन् । उनले यस किसिमको तनाव वृद्धिले ‘इजरायली सत्तालाई मात्र फाइदा पुर्याउने’ पनि उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री अब्बास अराघचीले आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदसँग कुराकानी गरेका छन् र साउदी अरब तथा यमनका हुथी विद्रोहीबिच वार्ताको सहजीकरणमा सहयोग गर्ने प्रस्ताव राखेका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले पछिल्लो २४ घण्टामा हर्मुज जलसन्धिमा तेस्रो विशाल तेल ट्यांकर (सुपरट्यांकर) समुद्री बारुदी सुरुङको सम्पर्कमा आएको जनाएको छ ।

सुझावित समाचार