सन् १९८१ : इजिप्टका तत्कालीन राष्ट्रपति अनवर सदतको हत्याको एक सातापछि भएको निर्वाचनमा होसनी मुबारक देशको नयाँ राष्ट्रपतिमा निर्वाचित ।
सन् १८८४ : लन्डनको ग्रिनविचमा देशान्तरको युनिभर्सल मेरिडियन टाइम निर्धारण ।
सन् १९२४ : अब्दुल्लाजिज इविन साउद नेतृत्वको साउदी सेनाबाट विनासंघर्ष मक्का कब्जा ।
सन् १९४३ : नाजी जमर्नविरुद्ध इटलीले युद्धको घोषणा गर्यो ।
सन् १९४४ : द्वितीय विश्वयुद्धका क्रममा अमेरिकाको सेनाबाट आर्चेनको लडाइँमा पहिलो जर्मनी सहर कब्जा ।
सन् १९८३ : अन्तरिक्षयान च्यालेन्जरले अहिलेसम्मकै धेरै क्रु सदस्य सातजनालाई अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा सकुशल अवतरण गरायो ।
सन् २०१० : चिलीको कोपियापो खानी दुर्घटनाका कारण सुरुङमा थुनिएको ६९ दिनपछि सबै ३३ कामदार सकुशल उद्धार गरिए ।