इतिहासमा आज

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

सन् १९५० : दोस्रो विश्वयुद्धपछि उत्तर र दक्षिण गरी दुई भागमा विभाजित कोरियाली देशबिच युद्ध सुरु भयो । तीन वर्ष चलेको युद्धमा कम्तीमा ३० लाखको ज्यान गयो । र, दुई भाग पहिलेकै अवस्थामा कायम रहने गरी युद्धविराम गरेर युद्ध अन्त्य भएपछि हालसम्म कुनै सम्झौता नभएकाले दुई देश युद्धमै रहेको मानिन्छ ।

सन् १६७८ : ‘युनिभर्सिटी अफ प्याड्युआ (इटली)’ पढिरहेकी ३२ वर्षीया एलिना कोरनारो पिस्कोपिया ‘डक्टरेट’ उपाधि हासिल गर्ने विश्वको पहिलो महिला बनिन् । 

सन् १८६८ : अमेरिकामा सरकारी कर्मचारीको काम गर्ने अवधि आठ घण्टा हुने कानुन लागू भयो । 

सन् १८६८ : अमेरिकी गृहयुद्धपछि लागू भएको पुनर्निर्माण नीतिअन्तर्गत छुट्टिएर गएका राज्यलाई पुनः समाहित गर्ने क्रममा आजको दिन ‘फ्लोरिडा’ राज्य फेरि अमेरिकाको हिस्सा बन्यो । 

सन् १९०० : विश्वमा अस्तित्वमा रहेकोमध्ये सबैभन्दा पुरानो मानिने ‘ड्नुहुआङ पान्डुलिपि’ ताओ भिक्षु वाङ यानलुले आजकै दिन चीनको मोगाओ गुफामा भेटेका थिए ।

सन् १९४७ : किशोरी एन फ्याङ्कको चर्चित डायरी आजकै दिन पहिलोपटक नेदरल्यान्डमा प्रकाशित भएको थियो । 

सन् १९६१ : कुवेत बेलायतबाट स्वतन्त्र भएको ६ दिनपछि यसै दिन इराकका प्रधानमन्त्री अब्दुल करिब कासिमले सो भूमि इराकको भएको दाबी गर्दै स्वतन्त्रता अस्वीकार गरे ।

सन् १९६२ : अमेरिकाको सर्वोच्च अदालतले ‘एंगेल भर्सेस भिटाल’ मुद्दाको सुनुवाइका क्रममा सरकारी अधिकारीले सर्वाजनिक विद्यालयमा प्रार्थनालाई प्रोत्साहन गर्न बन्देज लगायो । यही निर्णयले अमेरिकामा सार्वजनिक विद्यालयमा धार्मिक प्रार्थनामाथि प्रतिबन्ध लगाएको मानिन्छ ।

सन् १९७६ : युगान्डाको सुरक्षा परिषद्ले पाँच वर्षअघि राष्ट्रपति बनेका इदी अमिनलाई जीवनकालभरका लागि देशको राष्ट्रपति घोषणा गर्यो । तर, तीन वर्षभित्रै भएको विद्रोहले उनलाई सत्ताच्युत गर्यो ।

सन् १९७८ : समलिंगीहरूले प्रयोग गर्ने इन्द्रेणी रंगको झन्डाको पहिलो प्रयोग सान फ्रान्सिस्कोमा आयोजित र्यालीमा भयो । यसको डिजाइन गिलबर्ट बेकरले गरेका थिए ।

सन् १९९१ : स्लोभेनिया र क्रोएसियाले युगोस्लाभियाबाट अलग भएको घोषणा गरे ।

सन् २०२४ : चीनको ‘चाङ’ई छैटौँ’ मिसनले पहिलोपटक चन्द्रमाको सुदूर भागको नमुना लिएर पृथ्वीमा फर्कियो । 

सुझावित समाचार