बिहारमा योजना बनाएर चितवनबाट बालकको अपहरण, काठमाडौंबाट पाँच भारतीय पक्राउ

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

चितवनबाट अपहरणमा परेका १५ वर्षीय बालकको २४ घण्टा नबित्दै काठमाडौंको नयाँ बसपार्कस्थित एक होटेलबाट सकुशल उद्धार गरिएको छ। घटनामा संलग्न मुख्य योजनाकारसहित ५ भारतीय नागरिकलाई प्रहरीले बसपार्कस्थित होटेल फेमिलीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको बेतियाका सुजितकुमार, गोलुकुमार सोनी, गोलुकुमार, बिक्की कुमार र मोहम्मद साहिद रहेकाे प्रहरीले जनाएको छ। उनीहरू सबै १८ वर्षका छन्।

भारतको बेतियामा योजना बुनेर नेपाल प्रवेश गरेको यो गिरोहले बालकलाई इन्स्टाग्राममार्फत सम्पर्कमा ल्याई धारिलो हतियार देखाएर काठमाडौं पुऱ्याएको र होटेलमा बन्धक बनाई परिवारसँग फिरौती माग गरेको प्रहरीले जनाएको छ।

जेठ २९ गते बेतियामा अपहरणको योजना बनाएको सो समूह ३० गते वीरगन्ज भन्सारबाट गाडीको भन्सार पास बनाई नेपाल प्रवेश गरी गोलुकुमारको आधार कार्डबाट नेपाली सिम कार्ड झिकेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोलीले मंगलबार बेलुकी ४ बजेको समयमा अपहरित बालकको सकुशल उद्धार गरी घटनामा संलग्न पाँचैजनालाई नियन्त्रणमा लिएको हो।

सुझावित समाचार