सन् १८८५ : स्ट्याचु अफ लिबर्टीलाई न्युयोर्क पुर्याइयो । हजारौँ दर्शकले उक्त प्रतीकात्मक मूर्तिलाई भव्य स्वागत गरे । उक्त मूर्ति फ्रान्सका जनताका तर्फबाट संयुक्त राज्य अमेरिकालाई उपहारस्वरूप दिइएको थियो । यो अहिले अमेरिकाको सबैभन्दा परिचित प्रतीकमध्ये एक भएको छ ।
सन् १६३१ : मुगल सम्राट् शाहजहाँकी पत्नी मुमताज महलको सुत्केरी हुने क्रममा मृत्यु भयो । मुमताजको सम्झनामा उनले भारतको सबैभन्दा प्रसिद्ध भवन ताजमहल निर्माण गरे ।
सन् १९२८ : अमिलया अर्थहार्ट आन्द्र महासागरवरपर उड्ने पहिलो महिला बनिन् ।
सन् १९४० : तीन बाल्टिक राज्यहरू सोभियत कब्जामा परे । पेरिसमाथि भएको जर्मन आक्रमणमा विश्वको ध्यान केन्द्रित भएको समय पारेर सोभियत संघले इस्टोनिया, लात्भिया र लिथुआनियालाई गाभेको थियो ।
सन् १९४४ : आइसल्यान्ड गणतन्त्र स्वतन्त्र राष्ट्र बन्यो । नर्डिक टापु आइसल्याण्ड यसअघि नर्वेजियन र डेनिसको अधिनमा थियो । गणतन्त्र आइसल्यान्डको पहिलो राष्ट्रपति स्वेन ब्योर्नसन हुन् ।
सन् १९७२ : अमेरिकामा वाटरगेट काण्डमा जोडिएका पाँचजनाको गिरफ्तारी । वाटरगेट अफिस कम्प्लेक्समा रहेको डेमोक्य्राटिक नेसलन कमिटीको मुख्यालयमा जासुसी गर्ने प्रयासको आरोपमा पाँचजना व्यक्ति पक्राउ परेका थिए । यस घोटालाका कारण राष्ट्रपति रिचर्ड निक्सनले राजीनामा दिनुपर्यो ।