इतिहासमा आज

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

सन् १९४९ : अन्तरिक्षमा पहिलोपटक बाँदर पुगेको दिन । अल्बर्ट द्वितीय नाम गरेको बाँदर मानिसलाई अन्तरिक्षमा पठाउनुअघि परीक्षणका लागि प्रयोग गरिएका धेरै जनावरमध्ये एक थियो । पृथ्वीबाट १३४ किलोमिटरको उचाइमा सकुशल पुगेको अल्बर्ट द्वितीयको पृथ्वीमा फर्कने क्रममा मृत्यु भएको थियो ।

सन् १७७५ : अमेरिकी स्वतन्त्रता संग्रामका क्रममा औपनिवेशिक बेलायती फौजविरुद्ध लड्न अमेरिकामा क्रान्तिकारीहरूको एउटा समूहले ‘कन्टिनेन्टल आर्मी’को नाममा सेना गठन गरे । पछि यही सैन्य दस्ता अमेरिकाको राष्ट्रिय सेनामा बदलियो ।

सन् १७७७ :  बेलायतसँग युद्धमा रहेको अमेरिकी कन्टिनेन्टल शक्तिले फ्रान्सिस होपकिन्सनले डिजाइन गरेको हालको ‘स्टार एन्ट स्टाई’ झन्डालाई राष्ट्रिय झन्डाको रूपमा स्वीकार गर्यो ।

सन् १८०७ : फ्राइडल्यान्डको युद्धमा नेपोलियनका सेनाको विजय । विजयपछि नेपोलियनले रुसका अलेक्जेन्डर प्रथमसँग सन्धि गरे ।

सन् १९१३ :  दक्षिण अफ्रिकाको सरकारले ‘आप्रवासी ऐन’ पारित गर्दै नयाँ आप्रवासीको प्रवेशमा बन्देज लगायो । पहिले दक्षिण अफ्रिका आइसकेका दक्षिण एसियालीको स्वतन्त्र विचारमा नियन्त्रण लगाएको सो कानुनको विरोधमा त्यहाँ रहेका ठुलो संख्याका भारतीयले आन्दोलन सुरु गरे, जसको नेतृत्व गरिरहेका थिए– महात्मा गान्धीले ।

सन् १९४० : जर्मन सेना पेरिस प्रवेश गर्यो । जर्मन सेनाले चार वर्षसम्म फ्रान्सेली सहर कब्जा गरेको थियो । 

सन् १९४२ : नाजी नियन्त्रणमा मारिएकी किशोरी एन फ्य्रांकले उनको चर्चित डायरी आजकै दिनबाट लेख्न सुरु गरेकी थिइन् ।

सन् १९८२ : अर्जेन्टिनाले बेलायतसामु आत्मसमर्पण गरेसँगै ७४ दिन लामो फकल्यान्ड टापुको युद्ध अन्त्य भयो ।

सन् २००१ : चीन, रुस, कजाखस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्बेकिस्तान मिलेर सांघाई को–अपरेसन अर्गनाइजेसन गठन गरे ।

सन् २००२ : एउटा ठुलो क्षुद्रग्रह पृथ्वीको नजिक फेला परेको थियो । २००२ एमएन नामक उक्त छुद्रग्रह चन्द्रमाभन्दा पृथ्वीको तीन गुणा नजिक थियो । 

सुझावित समाचार