प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारिवारिक नाता भएकै कारण नियुक्ति पाउन हुँदैन भन्न नमिल्ने बताएका छन्।
मंगलबार संसदीय सुनुवाइका क्रममा नेपो बेबीबारे सोधिएको प्रश्नमा डा. शर्माले आफ्नो योग्यता र क्षमतामा प्रश्न उठाउने ठाउँ नरहेको भन्दै यस्तो बताएका हुन्।
व्यक्तिअनुसार धारणा फरक हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘कुनै पारिवारिक नाता भएकै कारणले कुनै पदमा नियुक्ति पाउन हुँदैन अथवा मिल्दैन भन्ने कानुनी व्यवस्था अथवा न्यायिक मान्यता रहेको मलाई थाहा छैन।’