सन् २००८ : चीनको सिचुवानमा ७.८ म्याग्निच्युडको भूकम्प । यो भूकम्पमा करिब ९० हजारको हताहती भयो भने चार लाख घाइते भएका थिए । घरवारविहीन हुनेको संख्या ४८ लाखभन्दा धेरै थियो ।
सन् १८२० : बेलायती नर्स फ्लोरेन्स नाइटिंगेलको इटलीको फ्लोरेन्स सहरमा जन्म । नाइटिंगेलले महिलाहरूको पेसाको रूपमा तालिम प्राप्त नर्सिङको सुरुवात गरिन् । त्यसैले, उनको जन्मदिनलाई अन्तर्राष्ट्रिय नर्स डेका रूपमा मनाउने गरिएको छ ।
सन् १९८२ : स्पेनिस धर्मगुरु जुआन मारिय फर्नान्डेज वाई क्रोनबाट पोप जोन पाउल द्वितीयको हत्या प्रयास । उनी दोस्रो भ्याटिकन काउन्सिलले सुरु गरेको सुधारका विरोधी थिए । पोप कम्युनिस्ट एजेन्ट भएको उनको विश्वास थियो ।
सन् १९९४ : नागोर्नो–कारावाखमा युद्धविराम । अर्मेनिया र अजरबैजानले बिस्केक प्रोटोकलमा हस्ताक्षर गरेपछि मे १२ देखि युद्धविराम कार्यान्वयनमा आयो । तर, अहिले पनि यो युद्धको औपचारिक अन्त्य हुन सकेको छैन ।