इतिहासमा आज

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

सन् १९८६ : विश्वको सबैभन्दा ठुलो आणविक दुर्घटना चेर्नोविल आणविक संयन्त्र आजै विस्फोट भएको थियो । यसमा तत्काल ३१ जनाको ज्यान गएको थियो भने यस संयन्त्रबाट चुहिएको रेडियोधर्मी विकिरण पश्चिमी युरोपसम्म पुगेको थियो ।

सन् १५१४ : पोल्यान्डका खगोलशास्त्री निकोलस कोपर्निकसले पहिलोपटक शनि ग्रहको अवलोकन गरे ।

सन् १९४९ : ट्रान्सजोर्डनले उसको आधिकारिक नाम बदलेर (हेसमाइट अधिराज्य) जोर्डन बनायो ।

सन् १९५४ : विश्व फिल्म जगत्को सबैभन्दा प्रतिष्ठितमध्ये एक जापानी फिल्म ‘सेभेन सामुराई’ आजकै दिन प्रदर्शनमा आएको थियो ।

सन् १९५४ : सोभियत संघले आवागमनको सहजतालाई मध्यनजर गर्दै रुसीभाषी बाहुल्य रहेको क्षेत्र क्राइमियालाई  युक्रेनी सोभियत गणतन्त्रमा राख्यो ।

सन् १९९१ : अर्जेन्टिनी स्टार फुटबलर डियागो म्याराडोना कोकिन राखेको र वितरण गरेको आरोपमा पक्राउ परे ।

सन् १९९४ : दक्षिण अफ्रिकाको इतिहासमा पहिलोपटक सबै जातजाति सहभागी भएको निर्वाचन आजकै दिन सुरु भएको थियो ।

सन् २००५ : अन्तर्राष्ट्रिय दबाबपछि सिरियाले २९ वर्षपछि छिमेकी मुलुक जोर्डनमा तैनाथ १४ हजार सेना देश फिर्ता गर्यो ।

सन् २०२२ : रुसले रुबलमा भुक्तानी गर्न अस्वीकार गर्ने पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेको घोषणा गर्यो ।

सन् २०२३ : लेखिका इ जिन क्यारोलले डोनाल्ड ट्रम्पले सन् १९९० को दशकमा आफूलाई एक डिपार्टमेन्ट स्टोरमा बलात्कार गरेको भनेर दायर गरेको मुद्दामा न्युयोर्क अदालतमा आफ्नो तर्फको बयान दिइन् ।

सुझावित समाचार