इसापूर्व ७५६ : रोमन पौराणिक कथाअनुसार जुम्ल्याहा दाजुभाइ रोमुलुस र रेमुसले रोम सहरको स्थापना गरे ।
सन् १५२६ : मध्यएसियाका विजेता बाबरले पानीपतको युद्धमा सुल्तान इब्राहिम लोधीलाई हराएर भारतमा मुगल साम्राज्य स्थापना गरे ।
सन् १९६१ : फ्रान्सेली सेनाले अल्जेरियामा विद्रोह गर्यो ।
सन् १९७७ : बंगलादेशको राष्ट्रपतिमा जिया उर रहमान नियुक्त ।
सन् १९८९ : चीनको बेइजिङस्थित तियानमेन स्क्वायरमा दसौँ हजार विद्यार्थी जम्मा भएर व्यापक राजनीतिक स्वतन्त्रता माग गर्दै नारा लगाए ।
सन् २०१९ : श्रीलंकाका सहर कोलम्बो, नेगोम्बो र बाटिकालोआमा इस्टर सन्डेका दिन विभिन्न चर्च र होटेलमा आतंकवादी हमला हुँदा २५३ को मृत्यु, सयौँ घाइते ।