इतिहासमा आज

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

सन् १८६५ : अमेरिकी राष्ट्रपति अब्राहम लिंकनमाथि गोली प्रहार । अमेरिकी गृहयुद्धको अन्त्यपछि वासिंटन डिसीमा जोन विल्क्स बुथ नाम गरेका एक व्यक्तिले लिंकनलाई गोली प्रहार गरेका थिए । गोली लागेको भोलिपल्ट लिंकनको मृत्यु भयो ।

सन् १८२८ ः नोह वेब्स्टर डिक्सनरीको पहिलो संस्करण प्रकाशन । 

सन् १८४९ : हंगेरीले आफूलाई अस्ट्रियाबाट स्वतन्त्र भएको घोषणा गर्यो ।

सन् १९०९ : एंग्लो पर्सियन ओयल कम्पनी लन्डनमा स्थापना भयो, जुन हाल बिपी (ब्रिटिस पेट्रोलियम)का रूपमा चिनिन्छ ।

सन् १९३१ : स्पेनले राजा अलोफोन्सोलाई अपदस्थ गरेर देश गणतन्त्र भएको घोषणा गर्यो ।

सन् १९५८ : सोभियत अन्तरिक्षयान स्पुतनिक २ मा सवार कुकुर लाइका फर्किने क्रममा पृथ्वीको वायुमण्डलमा जलेर मर्यो ।

सन् १९८६ : बंगलादेशमा हालसम्मकै ठुलो असिना रेकर्ड भयो । रेकर्डधारी असिनाको तौल करिब एक किलोग्राम थियो । असिनाका कारण कुल ९२ जनाको मृत्यु भएको थियो ।

सन् १९८८ : सोभियत संघ अफगानिस्तानबाट फिर्ता हुन सहमत । अफगानिस्तानमा कमजोर रहेको कम्युनिस्ट सरकारलाई समर्थन गर्न सोभियत सेनाले १९७९ मा अफगानिस्तान पसेको थियो । तर, निरन्तरको मुजाहिद्दिन (इस्लामिक धार्मिक योद्ध)को आक्रमणपछि बाहिरिने निर्णय लिएका थिए । मुजाहिद्दिनलाई सिआइएलगायत पश्चिमा शक्तिको सहयोग थियो ।

सन् २००२ : भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज देशको सेनाको कु प्रयासमा दुई दिन कब्जामा रहेर आजकै दिन मुक्त भएका थिए ।

सन् २००३ : मानव जिनोम परियोजना सम्पन्न भएको दिन । मानव जिनोमको जिन म्यापिङ गर्न समर्पित परियोजना सन् १९९० को अक्टोबरमा सुरु भएको थियो ।

सन् २०१४ : नाइजेरियाको सशस्त्र समूह बोकोहरामका कार्यकर्ताले चिबोकस्थित एउटा बोर्डिङ स्कुलबाट २७५ भन्दा बढी विद्यार्थीको अपहरण गरे । अपहरणको विश्वव्यापी निन्दा भएको थियो ।

सुझावित समाचार