श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुख डोलप्रसाद अर्यालले निष्पक्ष भूमिका निर्वाह गर्नेमा आशावादी रहेको बताएका छन्।
आइतबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूसँग साम्पाङले अहिलेको सरकार र जनमत फरक रहेको उल्लेख गर्दै सभामुखको निष्पक्षतामा आशावादी रहेको बताएका हुन्।
‘यसपालिको सरकार, यसपालिको जनमत पहिलाजस्तो होइन। अलि नयाँ खालको छ,’ उनले भने, ‘म आशावादी छु, उहाँ निष्पक्ष हुनुहुनेछ।’
सानो वा ठुलो दल नभनी संसदमा समय छुट्याउनुपर्ने धारणा राख्दै साम्पाङले भने, ‘जनताको मुद्दा सानासँग पनि हुन्छ, ठुलासँग पनि हुन्छ। अझ भन्नुपर्दा सत्तापक्षभन्दा प्रतिपक्षलाई धेरै समय प्रदान गरिनुपर्छ।’