पर्यटक र यात्रुलाई हैरानी दिएको आरोपमा पोखरामा पाँच पक्राउ

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा पर्यटक तथा यात्रुहरुलाई दुःख हैरानी दिएको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिकाअन्तर्गत पर्ने पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक क्षेत्रमा ‘स्विप अपरेसन’का क्रममा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

पासवानका अनुसार ती क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटक एवं यात्रुहरूलाई आकर्षक र सस्तोमा होटेल मिलाइदिने भनी रोक्ने, बार्गेनिङ गर्ने, झोला तान्ने, करकाप गर्ने, पिछा गर्नेजस्ता कार्य गरी अनावश्यक दुःख हैरानी दिएको भन्ने गुनासोपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचैजनालाई आवश्यक कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार