काठमाडौं/ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे बस्ने भएको छ।
बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गर्ने भएका छन्। यस्तै, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ।
बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषय तथा विधान संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ।