नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

कास्की । आठ वर्षकी एक नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्जामा ३० वर्षका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिकाका सुरज भन्ने सुरोज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

अवस्थीका अनुसार १७ असोजका दिन बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा नेपालीलाई पक्राउ गरिएको हो। आइतबार स्याङ्जा जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य सुरु गरेको प्रहरीले जनाएको छ।

सुझावित समाचार