काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा कांग्रेस सभापति गगन थापाले दिएको अभिव्यक्तिप्रति व्यंग्य गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’
काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा सभापति थापाले संसद् खुला हुनुपर्ने धारणा राखेका थिए। उनले प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए।
थापाले संसद् सञ्चालनका लागि प्रधानमन्त्री स्वयं संसदमा उपस्थित हुनुपर्ने बताएका थिए। सोही अभिव्यक्तिपछि शाहले सामाजिक सञ्जालमार्फत कांग्रेसप्रति व्यंग्यात्मक टिप्पणी गरेका हुन्।