इतिहासमा आज

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

सन् २०१३ : विश्वको सबैभन्दा ठुलो धनराशि रहेको पुरस्कार ‘ब्रेकथ्रु प्राइज’ युरी र उनकी श्रीमती जुलियाले स्थापना गरे । ३० लाख डलरको राशि रहेको यो पुरस्कार गणित, जीवविज्ञान र भौतिक शास्त्र विधामा दिइन्छ ।

सन् १६०२ : ब्रिटिस इस्ट इन्डिया कम्पनीअघि विश्वको औपनिवेशिक शक्ति रहेको ‘डच इस्ट इन्डिया कम्पनी’ यसै दिन स्थापना भएको थियो ।

सन् १९८१ : अर्जेन्टिनाकी पूर्वराष्ट्रपति इसावेल पेरोनलाई आठ वर्षको जेल सजाय दिइयो ।

सन् १९८६ : ज्याक सिराक फ्रान्सका प्रधानमन्त्री भए । प्रधानमन्त्री हुनुअघि राजधानी पेरिसका मेयर रहेका सिराक पछि देशका राष्ट्रपति बने ।

सन् १९९४ : अल सल्भाडोरमा १२ वर्ष लामो गृहयुद्धपछि पहिलो राष्ट्रपतीय चुनाव सम्पन्न भयो ।

सन् १९९५ : जापानको धार्मिक सम्प्रदाय ‘ओम सिनरिक्यो’ले राजधानी टोकियोको भूमिगत रेलसेवामा विषालु ग्यास ‘सरिन’ छाड्दा १३ जना मारिए भने झन्डै एक हजारजना घाइते भए ।

सन् २००३ : सद्दाम हुसेन र उनका छोराहरूलाई इराक छाड्न दिइएको अल्टिमेटमको समय पूरा भएपछि अमेरिका नेतृत्वको गठबन्धनले इराकमा स्थल आक्रमण सुरु गर्यो ।

सन् २०१६ : बाराक ओबामा सन् १९२८ पछि क्युबा भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने ।

सन् २०१७ : भारतको उत्तराखण्ड उच्च अदालतले देशका दुई नदी यमुना र गंगालाई ‘जीवित एकाइ’को मान्यता दियो, पछि सर्वोच्च अदालतले पनि यही फैसलालाई सदर गरिदियो ।

सन् २०२० : आठ वर्षअघि भारतको राजधानीमा एक बसमा सवार युवतीमाथि सामूहिक बलात्कारपछि देश नै हल्लिएको घटनाका दोषी चार पुरुषलाई यही दिन झुन्ड्याएर मृत्युदण्ड दिइयो । 

सुझावित समाचार