सन् १९३० : अमेरिकी अन्वेषक क्याइड टोबोघले यम पत्ता लगाए, पहिले ग्रहको दर्जा दिइएको यो आकाशीय पिण्ड पछि शिशु ग्रहका दर्जामा राखियो ।
सन् १८०४ : अमेरिकाको ओहायो राज्यमा ओहायो विश्वविद्यालय स्थापना भयो ।
सन् १८३४ : द म्यान नामक अमेरिकाको सबैभन्दा पुरानो मजदुर पत्रिका न्युयोर्क सहरबाट प्रकाशित भयो ।
सन् १८६१ : युनाइटेड स्टेट्स अफ अमेरिका (युएसए)बाट अलग भएको घोषणा गरेको कन्फडरेट स्टेट्स अफ अमेरिका (सिएसए)ले जेफरसन डेभिसलाई पहिलो राष्ट्रपति चुन्यो ।
सन् १८७९ : इजिप्सियन सेनाभित्रका राष्ट्रवादीले सरकारमा बढ्दो युरोपेली प्रभावविरुद्ध कायरोमा मन्त्रिपरिषद्लाई घेरेर प्रधानमन्त्री नुबर पासालाई नियन्त्रणमा लिए ।
सन् १८७९ : फेन्च वास्तुकार फेडेरिक–अगस्ट बारथोल्डीलाई अमेरिकामा स्ट्याचु अफ लिबर्टीको डिजाइनका लागि सर्वाधिकार प्रदान गरियो ।
सन् १९२७ : बेलायतकै शासनमा रहेको क्यानडासँग छिमेकी संयुक्त राज्य अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापित भयो । यसलाई ब्रिटिस शासनबाट स्वशासनतर्फको क्यानडाको महत्वपूर्ण कदम मानिन्छ ।
सन् १९३२ : जापानले चीनको मन्चुरिया भाग कब्जा गरेर त्यस भेगमा मन्चुको नामक स्वतन्त्र राज्य घोषणा गर्यो ।
सन् १९६५ : द गाम्बिया बेलायतबाट स्वतन्त्र भयो ।