राष्ट्रिय लिगमा फ्रेन्ड्सको विजयी सुरुवात

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण
राष्ट्रिय लिगमा फ्रेन्ड्सको विजयी सुरुवात

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

एन्फाले करिब तीन वर्षपछि घरेलु फुटबल फर्काउँदा फ्रेन्ड्स क्लबले राष्ट्रिय लिगको उद्घाटन खेलमा विजयी सुरुवात गरेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले प्रेसिडेन्ट लिगबाट आएको काँक्रेविहार क्लबलाई ३–१ ले पराजित गर्दै तीन अंक जोडेको हो।

फ्रेन्ड्सलाई जित दिलाउन प्रशान्त लक्क्षम, प्रवेश बस्नेत र आशिष चापागाईंले गोल गरे। फ्रेन्ड्सकै कमल श्रेष्ठले आत्मघाती गोल गरेका हुन्।

एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेपछि राष्ट्रिय लिग गरेको हो। तीन महिना चल्ने लिगमा १७ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

सुझावित समाचार