नेपाल क्रिकेट संघ (क्यान) र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) बिच स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने सम्झौता भएको छ ।
यो अवार्ड प्रत्येक संस्करणमा खेलको साँचो मर्म–निष्पक्षता, आत्मसम्मान, प्रतिद्वन्द्वीप्रति आदर र उत्कृष्ट खेलभावना कायम गर्ने फ्रेन्चाइज टिमलाई प्रदान गरिनेछ ।
क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्का र एमसिसीका क्रिकेट तथा अपरेसन्स डाइरेक्टर रोब लिन्चले संयुक्त रूपमा यो अवार्डको औपचारिक घोषणा गरेका हुन् ।
अवार्ड एमसिसीले विश्वभर क्रिकेटको उच्च मूल्य–मान्यता प्रवद्र्धन गर्न बनाएको ‘स्पिरिट अफ क्रिकेट’ अभियानको एउटा हिस्सा हो ।