जुम्लामा कर्णाली प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

जुम्ला/ स्वर्गीय राष्ट्रिय भलिबल खेलाडी भुवन केसी र दीर्घबहादुर खत्रीको स्मृतिमा जुम्लामा कर्णाली प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद विकास समिति जुम्लासँगको समन्वयमा सरस्वती युवा क्लब, चन्दननाथ नगरपालिका–७, मिचाले आगामी कात्तिक ७ देखि ९ गतेसम्म प्रतियोगिता गर्ने भएको हो।

क्लबका संरक्षक तथा कर्णाली भलिबल संघका सदस्य लक्ष्मीबहादुर रावलले भने, ‘कर्णाली प्रदेशका खेलाडीलाई ऐक्यबद्ध गराई खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ भलिवल प्रतियोगिता सञ्चालन गर्न थालिएको हो।’

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५१ हजार एक सय रुपैयाँ र दोस्रो हुने टिमलाई एक लाख एक हजार एक सय रुपैयाँ पुरस्कार उपलब्ध गराइने क्लबका संरक्षक चेतनबहादुर रावलले जानकारी दिए। उनले भने, ‘प्रतियोगितामा टिम दर्ता शुल्क १० हजार रुपैयाँ रहेको छ।’

साथै, क्लबले जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितासमेत आयोजना गर्नेछ। प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार १ सय तथा दोस्रो हुने टिमलाई २० हजार १ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। यसमा टिम दर्ता शुल्क तीन हजार रुपैयाँ तोकिएको क्लबका सचिव प्रकाश रावलले बताए। टिम दर्ता जिल्ला खेलकुद विकास समिति र ग्रिनल्यान्ड होटेलमा गर्न सकिनेछ।

सुझावित समाचार