अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भीमबहादुर थापा, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा र अपरेटर हरिचन्द्र विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार त्रिपुरासुन्दरी नगरपालिका– ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मूल्यांकन समितिका सदस्य प्रोजेक्टका इन्जिनियर शिशिरकुमार गुरुङ, दिव्या निर्माण सेवा प्रालि, दुनै, डोल्पा र उक्त निर्माण सेवाका भीमराज न्यौपानेलाई मुद्दामा प्रतिवादी बनाइएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूविरुद्ध ५५ लाख ८९ हजार ६३ रुपैयाँबराबरको मुद्दा आज विशेष अदालतमा दायर भएको हो।