सन् २००६ : इराकका राष्ट्रपति सद्दाम हुसेनलाई सन् १९८२ मा १४८ सिया मुस्लिमको नरसंहारमा संलग्न भएको आरोपमा मृत्युदण्ड सुनाइयो ।
सन् १५५६ : दोस्रो पानीपथ युद्धमा अकबर नेतृत्वको मुगल फौजले दिल्लीका हिन्दु शासक हेमुलाई पराजित गर्दै त्यस भेगमा मुगल शासनलाई मजबुत बनाए ।
सन् १६०५ : क्थाथोलिक सम्प्रदायप्रति कठोर भएको भन्दै ब्रिटिस राजा जेम्स प्रथमले संसद्मा सम्बोधन गर्न आउने समय पारेर संसद् ध्वस्त पार्ने योजना अन्तिम समयमा रोकियो । मध्यराति गाय फोक्स नामक व्यक्ति संसद्मुनि विशाल परिणामको विस्फोटक पदार्थसहित पक्राउ परे । यस घटनालाई ‘गनपाउडर प्लट’ले चिनिन्छ ।
सन् १९४० : फ्य्रांकलिन डी रुजबेल्ट तेस्रोपटक अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भए । कुल चारपटक राष्ट्रपति निर्वाचित भएका रुजबेल्ट हालसम्मका दुईपटकभन्दा बढी निर्वाचित हुने एक मात्र अमेरिकी राष्ट्रपति हुन् ।
सन् २००० : इथोपियामा सन् १९७५ मा तत्कालीन कम्युनिस्ट शासकबाट मारिएर बेपत्ता पारिएका सम्राट् हेली सेलासीको अवशेषलाई इथोपियन अर्थोडक्स चर्चले विशाल समारोहबिच धार्मिक विधिले गाड्यो । समारोहका लागि इथोपिया सरकारसँग सहयोग मागिए पनि सम्राट्को पालामा भएका दमन तथा क्रूरतालाई देखाउँदै राज्यले त्यसमा सहयोग तथा संलग्न हुन अस्वीकार गरेको थियो ।
सन् २००१ : चीनले चन्द्रमा पठाएको पहिलो भूउपग्रह यसै दिन चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गर्यो ।
सन् २०१८ : ‘भोयाजर द्वितीय’ हाम्रो सौर्यमण्डलबाट बाहिरियो । सन् १९७७ मा प्रक्षेपण गरिएको सो अन्तरिक्षयान सौर्यमण्डलबाट बाहिरिने दोस्रो मानवनिर्मित वस्तु बन्यो । सन् २०१२ मा भोयाजर प्रथमले पहिलोपटक सौर्यमण्डलबाट बाहिरिएको थियो ।