कतारको पाँच विकेट लिएका सन्दीप लामिछाने बने प्लेयर अफ द म्याद

मंगलबार, २७ असोज, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा  कतारमाथि रोमाञ्चक जितका नायक बनेका सन्दीप लामिछानेले प्लेयर अफर द म्याचको अवार्ड पाएका छन्। ३.५ ओभरमा उनले पाँच विकेट लिएर १८ रन दिएका थिए। 

अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन चाहिएको अवस्थामा उनले चार रन मात्र दिएर दुई विकेट लिई अलआउट गराएका थिए। सोमबारको खेलमा कतारको पहिलो विकेट पनि उनैले लिएका थिए। 
टी–२० आईमा उनले दोस्रोपटक पाँच विकेट लिएका हुन्। साथै, नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेट लिने उनी पहिलो बलर बनेका छन्। 

सुझावित समाचार