इतिहासमा आज

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण

सन् १९७४ : ‘वाटरगेट काण्ड’बाट विवादमा तानिएका तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले संसद्बाट महाभियोगबाट हटाइने सम्भावनाबिच यसै दिन टेलिभिजन सम्बोधनमार्फत राजीनामा दिए ।

सन् १९१९ : तेस्रो ‘अंग्रेज–अफगान युद्ध’ अन्त्य गर्न रावलपिन्डीमा भएको अंग्रेज–अफगान सन्धिमा बेलायतले अफगानिस्तानलाई स्वतन्त्र राष्ट्रको मान्यता दियो ।

सन् १९४५ : सोभियत संघले जापानविरुद्ध युद्ध घोषणा गर्यो । सोभियत कदमले जापानी राजालाई अनुकूल सर्तमा अमेरिकासमक्ष आत्मसमर्पण गर्न दबाब सिर्जना गरेको थियो ।

सन् १९४५ : युरोपमा नाजीहरूको हारपछि शीर्ष नाजी पदाधिकारीविरुद्ध युद्ध–अपराधको मुद्दा चलाउने विषयमा मित्रशक्तिहरू अमेरिका, सोभियत संघ, बेलायत र फ्रान्सले ‘अन्तर्राष्ट्रिय सैन्य न्यायालय’ स्थापना गर्ने सहमति गरे ।

सन् १९४९ : भारत–भुटानबिच यसै दिन भएको मैत्री सन्धिले बेलायतले हेर्दै आएको भुटानको विदेश मामिला भविष्यमा भारतले हेर्ने तय गर्यो ।

सन् १९६७ : ‘आसियान’ स्थापना गर्ने निर्णय गरे ।

सन् १९९० : इराकले कब्जा गरेको ६ दिनपछि कुवेतलाई देशको १९औँ प्रान्त घोषणा गर्यो । 

सुझावित समाचार