तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ओपेक प्लसको रणनीति

आइतबार, २२ असार, २०८२
डिजिटल संस्करण

पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह ‘ओपेक प्लस’ले शनिवार एक भर्चुअल बैठकमार्फत आगामी अगस्टदेखि दैनिक पाँच लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने निर्णय गरेको छ। यो वृद्धिदर जुलाई महिनाको तुलनामा बढी हो।

ओपेक पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन हो। यो एक अन्तर्राष्ट्रिय संगठन हो, जसको स्थापना सन् १९६० सेप्टेम्बर १४ मा इराकको बगदादमा गरिएको थियो। ओपेकले विश्व बजारको मागअनुसार उत्पादनको मात्रा घटाउने वा बढाउने गर्दछ।

जुलाईमा ओपेक प्लसले दैनिक चार लाख ११ हजार ब्यारेलले उत्पादन बढाएको थियो। समूहले उत्पादनमा गरिएको कटौतीलाई बिस्तारै हटाउने योजनाअनुसार यो निर्णय लिएको हो।

ओपेकको वेबसाइटमा जारी वक्तव्यअनुसार हालको विश्व अर्थतन्त्र स्थिर देखिएको र तेलको भण्डारण न्यून भएकाले बजार अवस्था बलियो देखिएको छ, जसको आधारमा उत्पादन वृद्धिको निर्णय गरिएको हो।

तर, वक्तव्यमा यदि बजारमा अप्रत्याशित परिवर्तन आएमा यो वृद्धि रोकिने वा उल्टो रूपमा फेरिन पनि सक्ने भनिएको छ।

See More On

सुझावित समाचार