नेपाललाई लगातार विकेट, सोमपालले दिलाए तेस्रो सफलता

सोमबार, ३ असार, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकपको जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशसँग भिडिरहेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले लगातार विकेट लिँदै बंगलादेशलाई दबाबमा पपारेको छ।

पाँचौँ ओभरको खेल चलिरहँदा नेपालले तीन विकेट लिइसकेको छ। सोमपालले नै तेस्रो सफलता दिलाएका हुन्

उनले बंगलादेशी विकेटकिपर ब्याट्सम्यान लिटन दासलाई आउट गरे। सोमपालले आफ्नो तेस्रो ओभरमा दोस्रो विकेट लिएका हुन। त्यसअघि पहिलो बलमै सोमपाल कामीले बंगलादेशका तान्जिद हसनलाई आउट गरेका थिए।

 यस्तै, दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले बंगलादेशी कप्तान नजमुल हसन सान्टोलाई बोल्ड गरे।

सुझावित समाचार