अमेरिकाको हवाई डढेलोमा ११४ को मृत्यु, एक हजार बेपत्ता

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन्। 

डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुन सक्ने अनुमान गरिएकाे छ। हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताए।

डढेलोका कारण त्यहाँ अवस्था बयान गर्न कठिनाइ भइरहेको र ६ बिलियन सम्पत्ति ध्वस्त भएको अनुमान गरिएको छ। 

उनका अनुसार दुई हजार दुई सय भवन ध्वस्त हुनुका साथै अन्य पाँच सय बढी भवनमा क्षति पुगेको छ। डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीय स्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक सहर लाहाइनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ। 

त्यहाँ १३ हजार बासिन्दा बस्ने गर्दथे। कम्तीमा अझै एक हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरू थपेर कार्यमा खटाइएको बताए। अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार माउई राज्यका जीवित उद्धार गरिएका परिवारहरूसँग भेट्ने कार्यक्रम छ। 

[सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।]
 

सुझावित समाचार