सिकाइको प्रक्रिया जीवनभर चलिरहन्छ । त्यसैले सधैँ नयाँ कुरा सिक्नेबारे सोच्नुस् । तपाईंको ज्ञान, क्षमता र अनुभवलाई बढावा दिने गतिविधिमा सक्रिय रहनुस् ।
- धैर्य र शान्त रहनुस् । आफू र अरूप्रति दयावान् हुनुस् र सकारात्मक सोच्नुस् । मानिसहरूसँग नम्र भएर प्रस्तुत हुनुस् । सामाजिक रूपमा घुलमिल हुन सक्ने कला विकास गर्नुस् ।
- आफैँलाई बुझ्नका लागि पर्याप्त समय खर्चनुस् । आफ्नो बलियो पक्ष, कमजोर पक्ष, मूल्य–मान्यताका विषयमा तपाईं सचेत हुनुपर्छ । त्यसपछि मात्र आफ्ना कमजोरी सुधार्न सकिन्छ ।
- अरूका कुरा सुन्नुहोस् । आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने कला सिक्नुस् । अरूका दृष्टिकोणलाई सम्मान गर्न सिक्नुस् । आफ्ना सोच साझा गर्न नहिच्किचाउनुस् ।
- सिकाइको प्रक्रिया जीवनभर चलिरहन्छ । त्यसैले सधैँ नयाँ कुरा सिक्नेबारे सोच्नुस् । तपाईंको ज्ञान, क्षमता र अनुभवलाई बढावा दिने गतिविधिमा सक्रिय रहनुस् । नयाँ योजनाप्रति सधैँ खुला र सकारात्मक रहनुस् । परिवर्तनलाई स्विकार्ने इच्छाशक्ति राख्नुस् ।
- आफ्ना भावना बुझेर त्यसलाई व्यवस्थापन गर्नुस् र भावनात्मक बौद्धिकताको विकास गर्नुस् । अरूका भावनालाई पनि ख्याल र सम्मान गर्नुस् ।
- व्यक्तित्व विकासका लक्ष्य तय गर्नुस् । त्यसपछि ती लक्ष्य पहिल्याउनुस् । अप्ठ्यारा बाटा हिँड्ने आँट गर्नुस्, जीवन सधैँ सरल रेखामा हिँड्दैन । नयाँ अनुभवहरू हासिल गर्नुस् । सफलता र असफलता दुवैबाट सिक्नुस् ।
- शारीरिक र मानसिक विकासका लागि समय खर्चनुस् । व्यायाम, घुमघाम र प्रिय व्यक्तिहरूसँग समय बिताउनुस् । तपाईंलाई सहयोग गर्ने र प्रेरणा दिने मानिसहरू आसपासमा सधैँ रहन जरुरी छ ।