बंगलादेशमा डेंगुका कारण जुलाईमा दुई सयभन्दा बढीको मृत्यु

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

बंगलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार थप चारजनाको डेंगुका कारण मृत्यु भएको पुष्टि गरेका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर यो वर्ष हालसम्म डेंगुका कारण मृत्यु हुनेको संख्या दुई सय ५१ पुगेको छ। संक्रमितको संख्या ५१ हजार ८३२ पुगेको छ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत असारमा पाँच हजार ९५६ जनामा संक्रमण भएको देखिएको थियो। जुलाईमा संक्रमित संख्यामा थप ४३ हजार ८५४ जनामा डेंगुको संक्रमण देखिएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा ढाकामा एक हजार १६८ सहित दुई हजार ६९४ जना नयाँ डेंगुका बिरामी फेला परेका छन्।

यस वर्षको जनवरीदेखि जुलाईसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर ४२ हजार १९५ जना डेंगुका बिरामी घर फर्केका छन्। डेंगुको बढ्दो संख्यासँग जुध्न बंगलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन्। (रासस)

See More On

सुझावित समाचार