सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक समातिए, भाग्न लाग्दा एयरपोर्ट टर्मिनलबाटै पक्राउ

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

सुन तस्करी काण्डमा संलग्न एकजना ली नामका चिनियाँ नागरिक पनि पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागको टोलीले उनलाई आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

तस्करी काण्ड छताछुल्ल भएपछि भाग्न लागेका उनी एयरपोर्ट टर्मिनल पुग्दा त्यहीँबाट पक्राउ परेका हुन्। आज राति पहिलो प्रहरमै विभागले उनको बालुवाटार गोदाममा छापा हानेर उनको पासपोर्ट लिएको थियो।

पासपोर्ट विमानस्थलको अध्यागमनमा पठाएर बिहानै सिज गरिएको थियो। पासपोर्ट सिजपछि उनी चीन भाग्न एयरपोर्ट पुग्दा विशेष सूचनाका आधारमा विभागको टोलीले उनलाई पक्राउ गरेको हो।

यससँगै घटनामा संलग्न सातजना पक्राउ परेका छन्। चिनियाँ नागरिकको पक्राउसँगै अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेको विभागले जनाएको छ।

सुझावित समाचार