सचिव राउतलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको हो।

सरकारी छाप किर्ते र संगठित अपराधको कसुरमा पक्राउ परेका राउतले बुधबार उषा कार्कीमार्फत बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। निवेदककाे मागअनुसार आदेश जारी हुनु नपर्ने कारणसमेत २४ घन्टाभित्र पेस गर्न सर्वाेच्चले भनेकाे छ।

सिआइबीको टोलीले २४ असारमा नियन्त्रणमा लिएको राउतलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । म्याद थप गर्ने कार्य गैरकानुनी रहेको तथा पक्राउ पुर्जीमा आफूले के कसुर गरेको भन्ने उल्लेख नरहेकाले आफूलाई तत्काल रिहा गर्नुपर्ने उनकाे माग छ।

सुझावित समाचार