१६ हजार घुस लिने प्रधानाध्यापक र समिति अध्यक्ष अख्तियारको नियन्त्रणमा

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

शिक्षक छनाेट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धानकाे टोलीले नियन्त्रणमा लिएको छ ।

कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।  

See More On

सुझावित समाचार