चितवनमा थपिए २९ जना फुटबल प्रशिक्षक

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

चितवन जिल्ला फुटबल संघले २९ जना फुटबल प्रशिक्षक उत्पादन गरेको छ। संघले आयोजना गरेको कोचिङ कोर्समा सहभागी भई सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएर उनीहरू  प्रशिक्षक बनेका हुन्। 

कोचिङ कोर्समा सहभागी सबै २९ जना नै उत्तीर्ण भएको संघका महासचिव रामहरि ढकालले जानकारी दिए।उनीहरूले अब जिल्ला तहका क्लब र १६ वर्षमुनिका विद्यालय टिमलाई प्रशिक्षण गर्न सक्नेछन्। यससँगै उनीहरू एएफसी सी कोचिङका लागि पनि योग्य भएका छन्। 

संघले यो कोचिङ पहिलोपटक आयोजना गरेको हो। ढकालका अनुसार योसँगै चितवनमा अखिल नेपाल फुटबल संघ (एन्फा) बाट मान्यता प्राप्त फुटबल प्रशिक्षकका. संख्या ४० पुगेको छ। 

संघका अध्यक्ष श्रीकृष्ण कार्कीका अनुसार कोचिङ कोर्स पूरा गरेकाहरूलाई संघले सी कोचिङ कोर्सको समेत छिट्टै आयोजना गर्दै छ। कार्कीका अनुसार संघ रेफ्रीको प्रशिक्षण पनि आयोजना गर्ने तयारीमा छ।

सुझावित समाचार