मच्छिन्द्रविरुद्ध जावलाखेल ३–१ ले विजयी, हिसुब थपलिया म्यान अफ दी म्याच

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबलाई ३–१ ले पराजित गर्दै  जावलाखेल युथ क्लब विजयी भएको छ। 

खेलको २२औँ मिनेटमा देवेन्द्र तामाङले फ्रिकिकमार्फत अग्रता दिलाए पनि मच्छिन्द्रले थप गोल गर्न सकेन।

५९औँ मिनेटमा हिसुब थपलियाको गोलबाट बराबरीमा आएको जावलाखेलका लागि ६२औँ मिनेटमा एनकोटा साइनस मासोएबीले दोस्रो गोल गरेका थिए।

७६औँ मिनेटमा कप्तान सिमन्त थापाले गरेको गोलले खेलको निर्णय जावलाखेलको पक्षमा दिलायो। हिसुब थपलियाको फ्रिकिकमा कप्तान थापाले अन्तिम गोल गरेका हुन्। हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए।

सुझावित समाचार