जावलाखेलले मच्छिन्द्रविरुद्ध ३–१ को अग्रता लिएको छ । ७६औँ मिनेटमा कप्तान सिमन्त थापाले गोल गरेका हुन्।
हिसुब थपलियाको फ्रिकिकमा कप्तान थापाले जावलाखेललाई ३–१ को अग्रता दिलाएका हुन्। खेलको २२औँ मिनेटमा देवेन्द्र तामाङले फ्रिकिकमार्फत दिलाएको अग्रता मच्छिन्द्रले कायम गर्न सकेन।
५९औँ मिनेटमा हिसुब थपलियाको गोलबाट बराबरीमा आएको जावलाखेलका लागि ६२औँ मिनेटमा एनकोटा साइनस मासोएबीले दोस्रो गोल गरेका थिए।