राम्रो निद्राका लागि यस्तो दैनिकी

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

समयमै उठ्ने : बिहान समयमै उठ्ने बानी बसाल्नुपर्छ । बिहानै उठ्दा तपाईंको शरीरका तन्तुहरू धेरैभन्दा धेरै सक्रिय हुन पाउँछन् । तपाईंले बेलुकी पनि समयमै सुत्न आवश्यक छ । बेलुकी १० बजे सुतेर बिहान ६ बजे उठ्नु सबैभन्दा राम्रो हुन्छ । आठ घन्टा निद्रा पुग्दा तपाईंको मस्तिष्क र शरीर दुवैले आराम महसुस गर्छ । दिउँसोको समय निदाउने बानी छ भने आजैबाट त्याग्नुस् । दिउँसो निदाउने बानी भएकाहरूलाई राति राम्रो निद्रा नपर्न पनि सक्छ । राम्रो निद्राका लागि तपाईंको कोठा पनि शान्त हुन जरुरी छ । 

व्यायाम : बिहान उठिसकेपछि व्यायाम गर्नुस् । तपाईं जिम सेन्टर जान सक्नुहुन्छ वा घरमै योगा वा डान्स पनि गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको शरीर सक्रिय रहनेछ । 

स्वस्थ खानेकुरा : स्वस्थ आहार लिन जरुरी छ । तपाईंले धेरै चिल्लो खानेकुरा नखानुस् । फलफूल र ताजा तरकारी खानुस् । पानी प्रशस्तै पिउनुस् । एक्कासि आइपरेको मानसिक तनाव, क्षणिक उत्तेजित अवस्था, डर, डिप्रेसन, आत्तिने रोगजस्ता मानसिक रोगले गर्दा पनि अनिद्रा हुन सक्छ । त्यसैले तनावबाट टाढा रहनुपर्छ ।  

इलेक्ट्रिक उपकरण : कम्प्युटर, मोबाइलको प्रयोग धेरै गर्नेलाई राम्रो निद्रा पर्दैन । त्यसैले सुत्नुभन्दा कम्तीमा दुई घन्टाअघि मोबाइल, ल्यापटप र कम्प्युटरजस्ता इलेक्ट्रिक डिभाइसको प्रयोग बन्द गर्नु राम्रो हुन्छ । 

See More On

सुझावित समाचार