आगामी साता हल्का हिमपात र वर्षाको सम्भावना

शुक्रबार, ११ कार्तिक, २०७९
डिजिटल संस्करण

आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विशेष साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। 

प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। 

विभागका अनुसार अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ।
 

See More On

सुझावित समाचार