मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २५ शनिबार ०६:२४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छैटौँ महिला साफ च्याम्पियनसिप साफमा भुटानको पहिलो जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २५ शनिबार ०६:२४:००

छैटौँ महिला साफ च्याम्पियनसिप २०२२ मा भुटानले कीर्तिमानी जित निकालेको छ । सन् २०१० देखि सहभागिता जनाएको भुटानले पहिलो जित निकाल्ने क्रममा श्रीलंकालाई ५–० ले पराजित गर्‍यो । सन् २०१० यता १५ खेलमा पराजित भएको भुटान १६औँ खेलमा विजयी भएको हो । भुटानको जितमा देकी नाजोमले दुई गोल गरेकी थिइन् । यसैगरी, नाम्गेल देमा, छिरिङ लादेन र गले वाङ्मोले एक–एक गोल गरेका थिए । 

भुटानको जितसँगै समूह ‘बी’मा नेपाल र भुटानले समान तीन अंक जोडेको छ । नेपालले एक खेल तथा भुटानले दुई खेल खेलेका छन् । भुटानको यस समूहबाट सेमिफाइनलमा स्थान बनाउन तीनै टोलीको सम्भावना बढेको छ । भुटान श्रीलंकासँग पराजित हुँदा नेपाल र श्रीलंका खेलअगावै सेमिफाइनलमा प्रवेश गर्ने थिए । समूहको अन्तिम खेलमा नेपालले २७ भदौमा श्रीलंकासँग खेल्नेछ । नेपाल विजयी भए भुटानसमेत अन्तिम चारमा प्रवेश गर्नेछ ।   

दशरथ रंगशालामा खेलको ४२औँ मिनेटमा नाम्गेल देमाले गोल गर्दै भुटानलाई अग्रता दिलाइन् । भुटानले दोस्रो हाफमा थप चार गोल गर्‍यो । खेलको ५०औँ मिनेटमा देकीले दोस्रो गोल गरिन् । देकीले नै पेनाल्टीमा गोल गर्दै ३–० को अग्रता बनाइन् । ८५औँ मिनेटमा छिरिङले चौथो गोल गरिन् । खेल सकिन एक मिनेट बाँकी रहँदा वाङ्मोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरिन् ।