पूर्वसचिव ढुंगेलको ‘चक्रव्यूहमा नेपाली जलस्रोत’ आउँदै

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

 पूर्वजलस्रोत तथा सिँचाइ सचिव द्वारिकानाथ ढुंगेलले नेपालको जलस्रोत चक्रव्यूहमा फसेको निष्कर्ष निकाल्दै ‘चत्रव्यूहमा नेपाली जलस्रोत’ पुस्तक प्रकाशन गर्ने भएका छन् । उनले यो पुस्तक १६ साउनमा सार्वजनिक गर्न लागेका छन् । लेखक ढुंगेलको नितान्त व्यक्तिगत अनुभवका आधारमा तयार भएको पुस्तकको प्रकाशन सिमल बुक पब्लिकेसनले गरेको छ । ढुंगेल ०५२ कात्तिकदेखि ०५५ वैशाखसम्म जलस्रोत तथा सिँचाइ सचिवको जिम्मेवारीमा थिए ।

यसबीच उनले महाकाली सन्धिको प्रारम्भिक मस्यौदा तयार गर्नेदेखि अन्तिम रूप दिनेसम्म काम गरेका थिए । साथै, उनले विद्युत् व्यापार सम्झौता (पिटिए)का सम्बन्धमा भारतसँग वार्ता गरी हस्ताक्षर गर्ने मौका पाएका थिए । यस्तै, पश्चिम सेती जलविद्युत् आयोजना सम्बन्धमा अस्ट्रेलियन कम्पनी स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक)लाई दिइएको अनुमतिपत्रका कारणबाट सिर्जित परिस्थितिसँग पनि उनी जुध्नुपर्यो । उक्त कम्पनीसँग आयोजना सम्झौता गर्नेलगायत विषयमा मानसिक यातनासमेत उनले सहनुपरेको उल्लेख छ । 

सुझावित समाचार