५ लाख राशीको पहिचान पुरस्कारको सर्टलिस्ट सार्वजनिक

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

पहिचान पुरस्कार कोषले ०८१/८२ सालको पहिचान पुरस्कारको सर्टलिस्ट सार्वजनिक गरेको छ । ४ लाख रुपैयाँ राशी रहेको यस पुरस्कारको २०८१ अन्तर्गतको सूचीमा ८ कृति समावेश छन् ।

जसमा श्याम सिंघकको ‘कोइलाखाद’ (उपन्यास), सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ (कवितासंग्रह), डा. चित्र माबोको ‘डोलीभर्ना’(कथासंग्रह), कुमारी लामाको ‘दज्र्यु संलाप’ (निबन्धसंग्रह), शकुन आँशुको ‘नवयुगकी सुम्निमा’ (कवितासंग्रह), जुनी रानाको ‘रातो नदी’ (कवितासंग्रह), खुपेन सुनुवारको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ (कवितासंग्रह) र राधिका कल्पितको ‘सम्मोहन’ (कथासंग्रह) समावेश छन्।

त्यस्तै, २०८२ सालको उत्कृष्ट ८ सूचीमा ललित विष्टको ‘उत्कर्ष’ (कथासंग्रह), केदार संकेतको ‘अन्तिम साँझ’ (कथासङ्ग्रह), खगिन्द्रा खुसीको ‘खुसीको गाउँ’ (उपन्यास), क्षितिज समर्पणको ‘तोरकिन’ (उपन्यास), भूपिनको ‘मध्यको उज्यालो’ (निबन्धसंग्रह), राज बान्तवाको ‘माइला दमाईं’ (उपन्यास), सीमा आभासको ‘महायुग’ (उपन्यास) र उमा सुवेदीको ‘परिधि’ (उपन्यास) समावेश छन्।

सुझावित समाचार