भारतीय विदेशमन्त्री एस जयशंकर र प्रचण्डबीच भेटवार्ता

शनिबार, ३२ असार, २०७९
डिजिटल संस्करण
भारतीय विदेशमन्त्री एस जयशंकर र प्रचण्डबीच भेटवार्ता

तस्बिर : भारतीय विदेशमन्त्री एस जयशंकरको ट्विटरबाट

भारतीय विदेशमन्त्री एस जयशंकरले तीनदिने भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। विदेशमन्त्री जयशंकरले भेटबारे ट्विटरमार्फत जानकारी दिँदै अध्यक्ष प्रचण्डसँग फलदायी छलफल भएको बताएका छन्।

भेटमा आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको उनले बताएका छन्। छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने विदेशमन्त्री जयशंकरले प्रतिबद्धता जनाएका छन् । 

उनले लेखेका छन्, 'भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ। आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैब भरपर्दो साझेदार रहनेछ ।'

सुझावित समाचार